शिक्षक माग्दै सिरहा बजार परिक्रमा

शिक्षक माग्दै सिरहा बजार परिक्रमा
सुन्नुहोस्

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । 

सो पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिल्टु यादवलगायतले आज सिराहामा प्रदर्शन गरेका हुन् । स्थानीय नेता, विद्यार्थी र अभिभावकसमेत सहभागी प्रदर्शनका क्रममा सिरहा बजार परिक्रमा गर्दै चर्को नाराबाजी गरिएको थियो । 

उनीहरुले जिल्ला प्रशासन कार्यालय, सिरहामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका छन् । शिक्षक ऐनविपरीत शिक्षक दरबन्दी वितरण गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको ज्ञापनपत्रमा उल्लेख छ । 

सिरहामा एक लाख ६७ हजार विद्यार्थी रहेकोमा जम्मा दुई हजार एक सय मात्र शिक्षक रहेको उनीहरुको भनाइ छ । शिक्षकको असमान वितरण प्रणाली खारेज नगरेमा थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने सो पार्टीले चेतावनी दिएको छ ।

टिप्पणीहरू