शिक्षकद्वारा फेक अकाउन्टमार्फत् नाबालिकाको चरित्र हत्या
सामाजिक सञ्जालमार्फत् नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–४, काहालान्च घर भएका २८ वर्षीय उनलाई प्रहरीले उक्त अभियोगमा नियन्त्रणमा लिएको छ ।
उनी एक निजी विद्यालयको शिक्षक रहेको खुल्न आएको छ । ती शिक्षकले पीडित नाबालिकाको तस्बिर मोडीफाई गरेर नक्कली फेसबुक अकाउन्ट खोलेर पोष्ट गरेको प्रहरीको अनुसन्धानमा पुष्टि भएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई अस्ति नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ ।
टिप्पणीहरू