कोहलपुरमा गोली चल्यो, दुई जना पक्राउ

कोहलपुरमा गोली चल्यो, दुई जना पक्राउ

बाँकेको कोहलपुरमा प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । स्थानीय चप्पलगौंडाबाट प्रहरीले दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्युरोका निरीक्षक रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले परियारसहित अर्का एक कारोबारीलाई पनि पक्राउ गरेको छ । 

उनीहरुको साथबाट लागुपदार्थ फेला पारिएको जनाइएको छ ।

टिप्पणीहरू