नेपाल बैंकका सुरक्षा गार्डको खुकुरीले रेटेर हत्या

नेपाल बैंकका सुरक्षा गार्डको खुकुरीले रेटेर हत्या

सप्तरीमा नेपाल बैंक लिमिटेडका एकजना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१, फत्तेपुर शाखामा सुरक्षा गार्डको काम गर्ने ५५ वर्षका परशुराम फुँयाल धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आज मृत भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले खुकुरी प्रहारबाट हत्या भएको जानकारी दिए । उनले भने, ‘उनी बिहान मृत भेटिएका हुन् । खुकुरी प्रहार गरी हत्या गरिएको देखिएको छ ।’

फत्तेपुर निवासी फुँयाल राति ड्युटीमा खटिएका थिए । आज बिहान उनको शव प्रहरीले फेला पारे पनि हत्या कसले र किन गर्यो भन्ने खुलिसकेको छैन । 

डिएसपी न्यौपानले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताए ।

टिप्पणीहरू