प्रहरीको निगरानीमा खटिए तस्करका सुराकी

प्रहरीको निगरानीमा खटिए तस्करका सुराकी
सुन्नुहोस्

-टेकसिंह धामी 

कैलालीमा प्रहरीमाथि नै तस्करको समूहहरुले निगरानी राख्ने गरेको पाइएको छ । जिल्लाका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेको पाइएको बताइन्छ । 

हिजो मात्रै एक जना प्रहरीमाथि निगरानी राख्ने तस्करका खुफिया पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–७, मनेहरा बस्ने बुद्धिराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनले लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको जानकारी लिन्थे । त्यसपछि अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीयमूलका विभिन्न समूहलाई सूचना दिने गरेको खुलेको हो ।

त्यसवापत उनले प्रति सूचना पाँच सय रुपैयाँ लिने गरेको बताइएको छ । चौधरीलाई नियन्त्रणमा लिएर राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

टिप्पणीहरू