ज्यान लिन अचेल ठूलो निहुँ नै नचाहिने

ज्यान लिन अचेल ठूलो निहुँ नै नचाहिने

दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेको आरोपमा एक जना समातिएका छन् । रोल्पाको थवाङ घर भई हाल घोराही उपमहानगरपालिका-१७ बस्ने टेकबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । 

घर्ती पेशाले अटो ड्राइभर हुन् । घोराही -१० स्थित पहेलपारकी संगीता सुनार र जुपली बुढाले हिजो साँझ अटो बुक गरेर बजार गएका थिए । घर्तीले उनीहरुलाई बजार पुर्याए र घर फर्काए । अन्तिममा संगीता र जुपलीले भाडा पछि मिलाउँला भन्दै अटोबाट झरेर घरतर्फ लागे ।

'ती महिलाले पहिलेको अटो भाडा दिन पनि बाँकी रहेछ । हिजो साँझ पनि उधारो राखेपछि पुरुषले आवेगमा बन्चरो हानेको पाइयो ।'

त्यसकाे केही छिनपछि घर्तीले उनीहरुको घरमै पुगेर बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिए । उनले जनआस्थासङ्ग भने, 'ती महिलाले पहिलेको अटो भाडा दिन पनि बाँकी रहेछ । हिजो साँझ पनि उधारो राखेपछि पुरुषले आवेगमा बन्चरो हानेको पाइयो ।' 

हत्यापछि अटो छाडेर भागेका घर्तीलाई हिजोराति नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू