पेन्टीमा सुन लुकाएर ल्याउनेहरु एअरपोर्टबाहिर पक्राउ

पेन्टीमा सुन लुकाएर ल्याउनेहरु एअरपोर्टबाहिर पक्राउ
सुन्नुहोस्

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार रहेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका उनीहरुलाई भन्सार पाए भएर बाहिर निस्किएपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो । 

सुरेशले लगाएको पाइन्ट, टिसर्ट र पेन्टीमा लेपन गरिएको २ किलो ६ सय ग्राम र मोहनको पेन्टी र पाइन्टमा लेपन गरिएको २ किलो ५ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । 

सुन तस्करीमा नेपालीको पनि संग्लनता हुनसक्ने विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए । उनले भने, 'उनीहरु नेपाली नागरिकसँगको सम्पर्कमा यहाँ आएको देखिएको छ । तर नेपालीहरुबारे खुलेको छैन । सोधपुछ गर्दैछौँ ।' 

आवश्यक सोधपुछपछि सुरशे र मोहनलाई भन्सार विभागको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू