अरबौंको अवैध कारोबारमा संलग्न अनिल ढुंगेल बने भारतमा अनिल साह

अरबौंको अवैध कारोबारमा संलग्न अनिल ढुंगेल बने भारतमा अनिल साह
सुन्नुहोस्

प्रविधिको विकासले मानिसको दैनिकी जत्तिको सजिलो बन्दै गएको छ, उत्तिकै खतरा पनि बढेको देखिन्छ । पछिल्लो समय अनलाइन् मार्फत स्क्याम गर्ने र गैरकानुनी तरिकाले सट्टेबाजी गर्ने गराउनेहरुको संख्या उल्लेख्य मात्रामा पुगेको छ ।

यसबीच डिजिटल सट्टेबाजी प्ल्याटफर्म ‘एक्सबेट’ तथा ‘क्रिप्टो’को कारोबार गर्दै आएका एक जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–८ घइ भइ हाल भक्तपपुर बस्दै आएका २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले सार्वजनिक गरेको छ । उनले सामाजिक सञ्जालमा ‘जुवा ३६५’ नामक पेज मार्फत सट्टेबाजीको प्रचार गर्दै आएको अनुसन्धानबाट खुलेको बताइएको छ । 

उनले हालसम्म ५६ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर २ अर्ब १ करोड बराबरको अवैध कारोबार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए । अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको  परिवर्तन गरेर भारतको आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्दै आएको पाइएको छ । 

उनको साथबाट भारतीय एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्डपनि बरामद भएको छ । अनिलले हालसम्म बैंकमार्फत ६१ कारोड ६४ लाख ५९ हजार एक सय २० रुपैयाँ कारोबार गरेको खुलेको छ । डिजिटल वालेटबाट ५ करोड ९३ हजार सात सय ८२ रुपैयाँ तथा क्रिप्टोकरेन्सीमबाट १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार दुई सय रुपैयाँ कारोबार गरेको देखिन आएको छ ।

कारोबारमा विभिन्न व्यक्तिहरुको नाममा रहेका ११ वटा कनेक्ट आईपीएस प्रयोग भएको देखिन्छ । त्यसका लागि कारोबारमा ५५ वटा बैंक खाता लिंक गरेको पाइएको छ । अनिलमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ र बैंकिङ कसुर तथा सजाय ऐन २०६४ (३) को कसुरमा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू