कुरो ‘अनलाइन टाइपिङ’ को, चुरो बालिकाको यौनाङ्ग प्रदर्शन

कुरो ‘अनलाइन टाइपिङ’ को, चुरो बालिकाको यौनाङ्ग प्रदर्शन

स्ट्रिप च्याटमार्फत बालिकाहरुलाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । उनले विपन्न परिवारका बालिकाहरुलाई आर्थिक प्रलोभनमा ‘अनलाइन टाइपिङ्ग’ को काम भन्दै अश्लिल यौनजन्य क्रियाकलापमा लगाएको तथ्य खुलेको छ । 

सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी उक्त आरोपमा प्रहरीका नियन्त्रणमा पुगेकी छन् । अञ्जलीले सामाजिक सञ्जालमा ‘स्ट्रिप च्याटः निःशुल्क लाइभ सेक्स क्याम र नग्र केटीहरुसँग वयस्क कुराकानी’ जस्ता विभिन्न अकाउन्ट खोलेर त्यसमार्फत् लाइभ भिडियो च्याटमा बालिकाहरुलाई समावेश गराएर अश्लिल कुराकानी गराउँदै आएकी हुन् ।

निकै आम्दानी हुने प्रलोभनमा बालिकाहरुलाई आफ्नो शरीरको कपडा खोल्न लगाई यौनाङ्गसमेत प्रदर्शन गर्न लगाउने गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनलाई नियन्त्रणमा लिएको हो । 

उनलाई बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ८ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको जनाइएको छ ।

टिप्पणीहरू