उपेन्द्र बाहिरिनासाथ अशोकका मान्छे सरकारमा सामेल

उपेन्द्र बाहिरिनासाथ अशोकका मान्छे सरकारमा सामेल
सुन्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जसपा,नेपालबाट विभाजित भएर बनेको जसपा सरकारमा सामेल भएको छ । सो पार्टीबाट दुई जना मन्त्रीले अहिले शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न जसपाबाट सरकारमा सहभागी एक मन्त्री र एक राज्यमन्त्रीको शपथ गराइएको हो । जसअनुसार प्रदिप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यस्तै,हसिना खानलाई सोही मन्त्रालयमा राज्यमन्त्री बनाइएको छ । 

जसपा नेपाल आजै सरकारबाट बाहिरिएको थियो । सो पार्टीबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए भने दिपक कार्की राज्यमन्त्री थिए । दुबैले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएपछि नयाँ जसपाले सरकारमा इन्ट्री मारेको हो । 

विभाजित जसपाबाट एक जना मन्त्री पहिले नै सरकारमै छन् ।

टिप्पणीहरू