दुई तिहाई सदस्य उपेन्द्रसँग, मधेशमा काँग्रेस र लोसपा मिसिने सम्भावना

दुई तिहाई सदस्य उपेन्द्रसँग, मधेशमा काँग्रेस र लोसपा मिसिने सम्भावना

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आफूसँग अझै दुई तिहाई सदस्य रहेको दाबी गरेको छ । हिजो केन्द्रीय कार्यकारिणी समिति बैठकमा यस्तो बिफ्रिङ गरिएको छ ।

बिहान उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका यादवले दिउँसोको बैठकमा उक्त जानकारी गराएका हुन् । यादवको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एकजना नेताले भने, ‘केन्द्रमा दुई तिहाइ जति हामीसँग छन् । हिजोको उपस्थिति र आज आउनेहरुको संख्यालाई आधार मान्दा उक्त अवस्था देखिएको हो ।’

कतिपय प्रदेश र जिल्लाबाट रिपोर्ट आउन बाँकी भएकाले उक्त संख्यामा केही थप हुने बताइएको छ । ती सदस्यका अनुसार फिल्डको रिपोर्ट आज साँझसम्म आइसक्ने छ ।
  
बैठकमा मधेश प्रदेश सरकारको निरन्तरताबारे पनि छलफल भएको थियो । जसपा नेपालका नेताहरुले बताएअनुसार मधेश सरकारमा अब लोसपा पनि सहभागी हुने सम्भावना छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेपाली काँग्रेससमेत मिलेपछि सरकारका लागि बहुमत पुग्ने अवस्था बन्छ । एक जना नेताले भने,‘मधेश सरकारबाट एमाले र माओवादीले माधव नेपाललाई थाहा दिएर समर्थन झिकेका होइनन् ।’

आगामी ११ गते सहकारी ठगीसम्बन्धी र २९ गते दोहोरो राहदानी मुद्दाको निम्ति पेसी तोकिएको छ । सभापति नै एकपछि अर्को काण्डमा मुछिएकाले स्वयम् रास्वपाभित्रै उथलपुथल आउनसक्ने आकलन जसपा नेपालका नेताहरुको छ ।

यता संघीय सरकारमा भने लोसपा सहभागी नहुने निश्चितप्रायः रहेको बताइन्छ । नाउपाबाट रञ्जिता श्रेष्ठसहित दुई जना सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नसक्ने प्रष्ट छ । गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणलाई काँग्रेसले त्यत्तिकै नछाड्ने अवस्था बन्दै गएको छ । तसर्थ अन्तिममा काँग्रेसका कारण रविले राजीनामा दिनुपर्ने अवस्था हुनसक्ने भएकाले संघीय सरकारको भावी समीकरणको बारेमा पनि जसपा नेपालको बैठकमा छलफल भएको बताइन्छ ।

रविमाथि लागेका दुई वटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । आगामी ११ गते सहकारी ठगीसम्बन्धी र २९ गते दोहोरो राहदानी मुद्दाको निम्ति पेसी तोकिएको छ । सभापति नै एकपछि अर्को काण्डमा मुछिएकाले स्वयम् रास्वपाभित्रै उथलपुथल आउनसक्ने आकलन जसपा नेपालका नेताहरुको छ । एक जनाले भने, ‘रविको ब्राण्डबाट दल नचल्ने निचोडमा रास्वपाका नेताहरु पुग्न सक्छन् । त्यस्तो अवस्थामा स्वर्णिम वाग्लेहरुलाई अघि सार्ने प्रयास हुँदा रविका कारण रास्वपाभित्रै उथलपुथल हुने सम्भावना पनि उत्तिकै छ ।’

टिप्पणीहरू