लाखौं राजश्व छलिएको मदिरा ट्रकसहित बरामद

लाखौं राजश्व छलिएको मदिरा ट्रकसहित बरामद

प्रहरीले धनुषामा एक ट्रक मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरले ट्रकमा बिल बिजकभन्दा बढी मदिरा लोड गरिएको पाइएपछि नियन्त्रणमा लिएको जनाएको छ ।

मिथिला नगरपालिका–६, ढल्केबर चोकबाट मुस्ताङ गोल्ड ब्रान्ड मदिरा बोकेको मालवाहक ट्रक प्रहरी नियन्त्रणमा छ । बाग्मती प्रदेश ०१–००४ क २७२१ नम्बरको ट्रक र मुस्ताङ गोल्ड ब्रान्डको छ सय कार्टुन मदिरालाई राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाउने तयारी गरिएको छ । 

ट्रक र मदिराको अनुमानित मूल्य ९० लाख रहेको बताइएको छ ।

टिप्पणीहरू