लागूऔषध कारोबारी समात्न गोली प्रहार

लागूऔषध कारोबारी समात्न गोली प्रहार

मोरङमा प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । 

आज दिउँसो रतुवामाई नगरपालिका–६ मा लागूऔषध कारोबारमा संलग्नएक भारतीय नागरिकलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए  । 

उनका अनुसार भारतको बिहार घर भएका ३४ वर्षीय भागिरथ हरिजनलाई गोलि प्रहार गरेर नियन्त्रणमा लिइएको हो । हरिजन भाग्न खोजेपछि दुई राउण्ड गोली हानेर पक्राउ गरिएको बस्नेतले बताए । 

उनको घुँडाभन्दा माथि गोली लागेको छ । सो क्रममा एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको जनाइएको छ । डिएसपी बस्नेतले भने, ‘उनी भाग्न खोजेपछि गोली चलाइएको हो । उनको घुँडाभन्दा केही माथि गोली लागेको छ । अहिले उनको उर्लाबारी अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य नै छ ।’ 

पक्राउ परेका हरिजनको साथबाट लागूऔषध पनि फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू