काँग्रेस र एमाले आफ्नै अडानमा, संसद बैठककोअन्याेल यथावत

काँग्रेस र एमाले आफ्नै अडानमा, संसद बैठककोअन्याेल यथावत
सुन्नुहोस्

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे डाकिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नै अडानमा रहेका कारण बैठक सुचारु हुने सम्भावना क्षीण देखिन्छ । 
 

संसद बैठक सुचारु गराउने सम्बन्धमा हिजो भएका विभिन्न छलफल पनि निश्कर्षविहीन टुंगिएपछि आजको बैठक अनिश्चिततातर्फ धकेलिएको छ । काँग्रेस छानबिन समिति गठन गर्नैपर्ने, एमाले गर्नै नहुने र रास्वपा गृहमन्त्रीले बोल्न पाउनैपर्ने अडानमा छन् । 

अस्ति संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि संसद अवरुद्ध हुँदा उहाँलाई धन्यवादको प्रस्ताव समेत पारित हुन सकेको छैन । हिजो दिउँसो बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा आफ्ना सांसदहरुलाई काँग्रेसको प्रतिवाद गर्न निर्देशन दिएपछि बैठक सुचारु हुने सम्भावना कम भएको हो ।
 

टिप्पणीहरू