पार्किङबाट गाडी गायब पार्ने गणेश पक्राउ

पार्किङबाट गाडी गायब पार्ने गणेश पक्राउ
सुन्नुहोस्

पार्किङ गरेर राखिएका गाडी चोरी गर्ने एक जना समातिएका छन् । रामेछापको दोरम्वा-५ घर भइ हाल ललितपुर महानगरपालिका-२ सानेपा बस्ने गणेशबहादुर गौतम पक्राउ परेका हुन् । 

उनले रातको समयमा काठमाडौँका विभिन्न ठाउँबाट टाटा कम्पनीको बा१५च ९८२५, बा१२च ४७०६ र बा७च ७७० नम्बरको डिआई गाडी चोरी गरेको प्रहरीले जनाएको छ । 

हिजो गाडी चोरेर भाग्दै गर्दा गौतम काभ्रेबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार गौतमले रात पर्न थालेपछि गाडीहरुको फ्लो गर्ने र पार्किङ गरिएको ठाउँबाट चोर्दै आएका थिए। उनले अहिलेसम्म आधा दर्जनभन्दा बढी गाडीहरु चोरेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू