खुकुरीसहित ग्याङफाइटमा संलग्न सबै २० देखि ३० वर्ष उमेरका

खुकुरीसहित ग्याङफाइटमा संलग्न सबै २० देखि ३० वर्ष उमेरका

कीर्तिपुरमा भएको ग्याङफाइटमा नौ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–१०, नयाँबजारमा भएको खुकुरी हानाहानमा संलग्न सबै २० देखि ३० वर्ष उमेरका रहेको बताइएको छ ।

प्रहरीले एक थान खुकुरी पनि बरामद गरेको छ । कीर्तिपुरका २७ वर्षीय मोहन खड्का र २७ वर्षीय जयन्त धानुक, गठ्ठाटारका २१ वर्षीय ध्रुर्वबहादुर विष्ट, पुतलीसडकका २० वर्षीय उपेन्द्र सिंह, मैतीदेवीका २१ वर्षीय सुदिप गिरी, रातोपुलका २३ वर्षीय नृप भण्डारी, बानेश्वरका २२ वर्षीय तपेन्द्र खाती र सुनिल रोकाया पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार तपेन्द्रराज खातीको समूह कीर्तिपुरका २४ वर्षीय साजिस श्रेष्ठको बायाँ हातमा खुकुरी प्रहार गरेर फरार भएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये सुदिप गिरीले खुकुरी प्रहार गरेको खुल्न आएको छ । साथै, पुरानो रिसिबी साँध्ने उद्देश्यका साथ उनीहरुबीच झडप भएको पाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसुरमा पाँच दिनको म्याद थपको अनुमति लिई उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

टिप्पणीहरू