कुबेतबाट ल्याइएको सुनको भित्र पहेँलो, बाहिर सेतो
कुबेतबाट आएका एक जना यात्रुको साथबाट सेता रंग दलिएको १०७ ग्राम सुन प्रहरीले फेला पारेको छ । राति पौने २ बजे काठमाडौं आइपुगेको जजिरा एअरवेजको उडान नम्बर जे ९१५३९ का नेपाली यात्रु ३३ वर्षे राजेश विश्वकर्माको साथबाट उक्त सुन फेला परेको बताइएको छ ।
झापाको धर्मपुर १ का विश्वकर्मालाई भन्सार नजिकैको वाक थ्रु गेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले सुन फेला पारेको हो । पहेँलो सुनको गहनामा सेतो रङ लगाएको अवस्थामा विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले उनलाई सुनसहित भन्सार कार्यालयमा बुझाएको थियो ।
त्यसपछि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत गौशालामा पुर्याइएका विश्वकर्मामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू