कान्तिपुर अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी

कान्तिपुर अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी
सुन्नुहोस्

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा आज सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको बताइएको छ। 

गत वैशाखमा सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । महतोले आफ्नो नागरिकताको अभिलेखबाट सिरोहियाले नयाँ नागरिकता बनाएको आरोप लगाएका छन् । यद्यपि, सिरोहियाले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

त्यसयता प्रहरीले उक्त घटनामा सुक्ष्म अनुसन्धान थालेको बताइन्छ । सोही क्रममा जिल्ला अदालतले आज सिरोहियामाथि थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

टिप्पणीहरू