बाजुरामा महिलाको हत्या, राजधानीमा पुरुषद्वारा आत्महत्या

बाजुरामा महिलाको हत्या, राजधानीमा पुरुषद्वारा आत्महत्या
सुन्नुहोस्

बाजुरामा एक महिलाको हत्या भएको छ । बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको प्रहरीले जनाएको छ । लेकको गोठमा बसेर गाइबस्तु हेर्दै आएकी उनलाई आफन्तले हिजो मृत अवस्थामा फेला पारेका हुन् ।

प्रहरीका अनुसार मृतकको टाउको र अनुहारमा गम्भीर चोट देखिएको छ । गोठमा रगत बगेको पाइएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

मृतकको शरीरमा गहना यथावत रहेकाले कुटपिटबाट हत्या भएको आशंका गरिए पनि लुटपाट नभएको बाजुरा प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको जनाउँदै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

यता काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा आज बिहान मृत भेटिएका कृष्ण नगरकोटीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका छोराले पनि आजै आत्महत्या प्रयास गरेको पाइएको छ ।

घाँटी रेटिएको अवस्थामा ५३ वर्षे कृष्णको शव थलीमा आज बिहान फेला परेको हो । उनका छोरालाई हिजो साँझ चाल्नाखेलबाट आत्महत्या प्रयास गरिरहेको अवस्थामा उद्धार गरिएको थियो ।

टिप्पणीहरू