करणीपछि भागेर रोमानिया पुगेका प्रतिवादी समातिए

करणीपछि भागेर रोमानिया पुगेका प्रतिवादी समातिए
सुन्नुहोस्

प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्रेको छ । रामेछापका गौरव नेपालीलाई कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा दोहाबाट काठमाडौं आउँदा विमानस्थलमा आज बिहान नियन्त्रणमा लिएको बताइएको छ ।

करणीपछि फरार उनलाई पक्रन नेपाल प्रहरीले इन्टरपोलमार्फत् ब्लु नोटिस जारी गरेपछि उनी रोमानियाबाट दोहा हुँदै फर्केका हुन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले विमानबाट निस्कने बितिक्कै नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू