राप्रपाले तोक्यो सहायक कोषाध्यक्ष

राप्रपाले तोक्यो सहायक कोषाध्यक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक कोषाध्यक्षमा शोभित उप्रेती मनोनित भएका छन् । 

आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उक्त जिम्मेवारी दिएको बताइएको छ । दोलखाका उप्रेती यसअघि केन्द्रीय सदस्य थिए । 

पर्सि आइतबारसम्म चल्ने बैठकमा अध्यक्ष लिङ्गदेनको राजनीतिक प्रतितिवेदन, महामन्त्री धवल शमशेर राणाको सांगठनिक प्रतिवेदन, सचिवालय प्रमुख राजेन्द्र गुरुङको सचिवालयसम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन उपर छलफल हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

टिप्पणीहरू