पौने चार करोड बराबरको कोकिनसहित कंगोकी महिला पक्राउ

पौने चार करोड बराबरको कोकिनसहित कंगोकी महिला पक्राउ
सुन्नुहोस्

पौने चार करोड मूल्य बराबरको लागूऔषधसहित एक विदेशी महिला पक्राउ परेकी छन् । दुबईबाट काठमाडौं आएकी कंगोकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गोलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार उनी गत जेठ ४ गते दुबईबाट काठमाडौं आएकी थिइन् । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न देशबाट नेपाल प्रवेश गर्नेहरुमाथि निगरानी राख्नेक्रममा शंकाश्पद गतिविधि देखाएकी उनको पिछा गरेको थियो । ति महिला विमानस्थलबाट ओर्लिएपछि पिछा गर्दै प्रहरी ठमेलस्थित एक होटलसम्म पुगेको थियो । 

सो क्रममा प्रहरी टोलीले हिजो उनी बसेको कोठा खानतलास गर्दा ह्याण्ड ब्यागभित्र प्लास्ट्रिकले प्यापिङ गरेर लुकाई राखेको अवस्थामा ८५ वटा कोकिनको क्याप्सुल फेला परेको हो । बरामद एक केजी १०१ ग्राम कोकिनको मूल्य तीन करोड ८५ लाख रहेको प्रहरीले जनाएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू