होटलमा काम गर्ने महिला ग्राहकद्वारा बलात्कृत

होटलमा काम गर्ने महिला ग्राहकद्वारा बलात्कृत

पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक पुरुष समातिएका छन् । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ घर भएका २७ वर्षीय मुकेश महतोलाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

गत शनिबार रम्भा गाउँपालिका-५ स्थित एक होटलमा कोठा लिएर बसेका उनले सोही होटलमा सरसफाइको काम गर्ने ३५ वर्षीया महिलालाई करणी गरेको उजुरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले जानकारी दिए । 

'पुरुषले होटलमा सरसफाइ गर्ने महिलालाई आफ्नो कोठामा तानेर करणी गरेको भन्ने उजुरी आएको थियो, त्यसैको आधारमा अनुसन्धान गर्न हिजो साँझ आरोपितलाई पक्राउ गरेका हौँ', उनले भने ।  

एसपी चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू