एमाले अध्यक्षलाई सुझाउँदै काँग्रेस महामन्त्री भन्छन् : नेपाललाई उत्तर कोरिया नठान्नू

एमाले अध्यक्षलाई सुझाउँदै काँग्रेस महामन्त्री भन्छन् : नेपाललाई उत्तर कोरिया नठान्नू
सुन्नुहोस्

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नेपाललाई उत्तर कोरिया नठान्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाएका छन् । आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीहरुसँगको भेटमा उक्त धारणा राखेका हुन् ।

झापाको गिरीबन्धु टि स्टेट प्रकरणमा अध्यक्ष ओलीले आरोप लगाएपछि काँग्रेससँग प्रतिवाद गर्ने अधिकार रहेको शर्माको भनाई छ । ‘संविधान बनाउँदा हामी सँगै थियौं, गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट काँग्रेससँग छ’, उनले भने, ‘किनभने यो उत्तर कोरिया होइन, नेपाल हो ।’

शर्माले वर्तमान सत्तागठबन्धनलाई ‘सहकारीबन्धु’ को संज्ञा समेत दिएका छन् । काँग्रेस हुँदै नभएको आरोप सहेर मौन बस्न नसक्ने उनको भनाई छ । उनले थपे, ‘उहाँ (ओली) ले काँग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँलाई आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ? काँग्रेसको तर्फबाट मैले महामन्त्रीको हैसियतले सहकारीबन्धु भनेको हुँ ।’

टिप्पणीहरू