बजेट भाषणमा अवरोध नगर्ने काँग्रेसको निर्णय
नेपाली काँग्रेस संसदीय दलको बैठकले संसद बैठक अवरोध नगर्ने निर्णय गरेको छ ।
सहकारी ठगी प्रकरण छानबिन समिति कार्यादेश मस्यौदा कार्यदल र शीर्ष नेताहरुको बैठकमा सहमतिपछि काँग्रेसले संसदीय दलको बैठकमा उक्त निर्णय गरिएको बताएको छ ।
आज दिउँसो १ बजे बोलाइएको संसद्को संयुक्त बैठक ३ बजे सारिएको छ । आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
टिप्पणीहरू