घरको ढोका बाहिर बेवारिसे नवजात शिशु

घरको ढोका बाहिर बेवारिसे नवजात शिशु

पोखरामा एउटा घरको ढोकामा बेवारिसे नवजात शिशु फेला परेको छ । पोखरा महानगरपालिका–८, जाल्पारोडस्थित नारायण सुवेदीको घरको ढोकामा एक अपरिचित व्यक्ति नवजात शिशु छोडेर हिजो फरार भएका हुन् । 

अस्थायी प्रहरी पोष्ट सृजनाचोकबाट खटिएको टोलीले शिशुको उद्धार गरिसकेको छ । बिरामी देखिएका शिशुलाई उपचारार्थ पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । 

शिशुको अवस्था सुधारोन्मुख रहेको जनाउँदै नवजात शिशुलाई छाड्ने व्यक्तिको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू