७० वर्षीया वृद्धाको आफन्तको कुटपिटबाट निधन

७० वर्षीया वृद्धाको आफन्तको कुटपिटबाट निधन

बझाङमा आफ्नै ठूलीआमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्रेको छ । बुङगल नगरपालिका–११, तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजितबहादुर पातली हत्या आरोपमा पक्राउ परेका हुन् । 

उनले आफ्नी ठूलीआमा ७० वर्षीया कलुली देवी पातलीको हत्या गरेका हुन् । प्रहरीका अनुसार गएराति मादक पदार्थ सेवन गरेपछि हरजितले कलुली देवीलाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तत्काल अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

टिप्पणीहरू