गुण्डाहरुलाई पक्रेपछि पीडितको खोजीमा प्रहरी

गुण्डाहरुलाई पक्रेपछि पीडितको खोजीमा प्रहरी
सुन्नुहोस्

काठमाडौंको कलंकीमा गुण्डागर्दी गर्दै आएका दुई जना पक्राउ परेका छन् ।  कलंकीमा बस्दै आएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

उनीहरुले कलंकी एरियाका स्थानीय बासिन्दा, आम सर्वसाधारणलाई धम्काउने, डरत्रास देखाउने, हातपात तथा लछारपछार गरेर रकम उठाउने गरेको उजुरपछि प्रहरीले पक्रेको हो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरुलाई हिजो नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये अभिषेक बैकिङ कसुर मुद्दाको फरार प्रतिवादीसमेत रहेको खुल्न आएको छ ।

उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । त्यस्तै, पीडितहरुलाई सम्पर्कमा ल्याउने कार्य पनि भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
 

टिप्पणीहरू