सुन र सहकारी काण्डका दुई लामा पक्राउ

सुन र सहकारी काण्डका दुई लामा पक्राउ
सुन्नुहोस्

६० किलो सुन प्रकरणका फरार अभियुक्त पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाका ४५ वर्षीय थर्कमान लामा उर्फ कान्छामान काठमाडौं, लाजिम्पाटबाट पक्राउ परेका हुन् । 

गत वर्ष साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिदै गर्दा ६० किलो सुन बरामद भएको थियो । उक्त सुन तस्करी घटनामा पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन समेत बुझाइसकेको छ । सोही प्रतिवेदनको आधारमा सिआइबीको अनुसन्धान जारी छ । उनी नेपाली काँग्रेसका नेतासमेत हुन् ।

यस्तै, विभिन्न सहकारी संस्थाको आठ अर्ब रकम अपचलन गरी फरार रहेका सीबी लामा पक्राउ परेका छन् । काँग्रेसनिकट लामालाई भारतीय सीमा क्षेत्रबाट पक्रेर काठमाडौँ ल्याईंदै छ ।

उनी पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका पूर्व अध्यक्ष हुन् । लामाले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपति सहकारीको २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ ।

लामाले सहकारीको रकम रोयल थाइ रेष्टुरेण्ट, नगरकोटको स्तुपा रिसोर्ट, हलेसीको जाम्बला रिसोर्ट, काठमाडौँको पेन्टागन कलेज, दी मसरुम हेड, कान्तिपुर अस्पताललगायत नीजि व्यवसायमा लगानी गरेको देखिन आएको छ । उनीविरूद्ध ८५२ बचतकर्ताले उजुरी दिएका छन् ।

टिप्पणीहरू