प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

मुगुको सोरु गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल भ्रष्टाचारमा तानिएका छन् । सडक निर्माणमा अनियमिता गरेको आरोपमा उनीसहित आठ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मुद्दा चलाइएकामा तत्कालीन इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब–इन्जिनियर विक्रम बुढा, अनुगमन समिति संयोजक दलवीर सार्की, वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमी, सडक निर्माण समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढा छन् । 

पालिकाको वडा नम्बर ७ स्थित दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उनीहरुको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको निचोड छ । फिल्डमा भएको वास्तविक कामको नापजाँच पश्चात् यकिन गरी प्रतिवेदन पेश गर्नुपर्नेमा सो नगरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन बुझाएर भुक्तानी दिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम १३ लाख ७२ हजार ३४० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
 

टिप्पणीहरू