बग्रेल्ती अफ्रिकी र नेपाली महिला अनैतिक क्रियाकलापमा संलग्न

बग्रेल्ती अफ्रिकी र नेपाली महिला अनैतिक क्रियाकलापमा संलग्न

राजधानीको ठमेलमा रातको समयमा अनैतिक क्रियाकलाप संलग्न १५ जना स्वदेशी तथा विदेशी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले गएराति १ बजे उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकामा टोखा बस्ने २२ वर्षीया रोशनी श्रेष्ठ, तारकेश्वरकी  १८ वर्षीया कृष्टिना क्षेत्री र २० वर्षीया रुवी तामाङ, माछापोखरी बस्ने २५ वर्षीया निशा सुनार, बालाजु बस्ने २८ वर्षीया सिर्जना तामाङ र २३ वर्षीया ईन्द्र राई हुन् । 

त्यस्तै, युगाण्डाकी ३४ वर्षीया भोइला नाकासाङ्गो किसामबारा, २६ वर्षीया रेचल नमुडु, ५४ वर्षीया सारा नमता किवानुका, ३० वर्षीया सरिफा सेमटिगो, ४० वर्षीया रोबिना न्याकयाजे, ३० वर्षीया भनेसा नामुतेबी, ३० वर्षीया ज्याकलिन नकादाह, ३२ वर्षीया साङ्गी रेचल र केन्याकी २९ वर्षीया हेलेन एडहाइमबोलाई पनि नियन्त्रणमा लिइएको छ । 

ठमेलमा अनैतिक क्रियाकलाप गर्नेविरुद्ध प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको थियो । सो क्रममा उनीहरुले रातको समयमा ठमेलस्थित सार्वजनिक सडक खण्डमा विदेशी तथा आन्तरिक पर्यटकहरुलाई दुर्व्र्यवहार गर्ने, हैरानी दिने र सार्वजनिक स्थानमा अनैतिक क्रियाकलाप गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू