गेष्ट हाउसमा प्रहरीको छापा, लाखौँ नगदसहित हुण्डी कारोबारी पक्राउ

गेष्ट हाउसमा प्रहरीको छापा, लाखौँ नगदसहित हुण्डी कारोबारी पक्राउ

स्रोत नखुलेको लाखौं रकमसहित दुई हुण्डी कारोबारी समातिएका छन् । 

भोजपुरको पौवा डुग्मा गाउँपालिका–४, घर भएका न्यूरोड बस्ने ५० वर्षीय भिमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ७२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७, स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसमा हुण्डी कारोबार भइरहेको सूचना प्राप्त भएको थियो । 

विशेष निग्ररानी राख्नेको क्रममा उनीहरुलाई उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू