सुनको सिक्री लुटपाटमा महिला, किनबेचमा पुरुष

सुनको सिक्री लुटपाटमा महिला, किनबेचमा पुरुष
सुन्नुहोस्

सुनको सिक्री लुटपाटमा संलग्न महिलासहित तीन जनालाई प्रहरीले पक्रेको छ । काठमाडौं, कपुरधारा बस्ने गोरखाकी २८ वर्षीया उषा विष्ट, चाबहिल बस्ने सर्लाहीका ३७ वर्षीय हरिशंकर चौधरी तथा तारकेश्वर लोलाङ बस्ने रामहरि खड्का पक्राउ परेका हुन् । 

केही दिनअघि आफ्नो घाँटीमा लगाइएको सुनको सिक्री एक महिलाले लटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार वैशाख ३० गते सुन्धाराबाट ट्याक्सी चढेका कविराज नेपालीले आफ्नो घाँटीमा लगाएको सिक्री सोही ट्याक्सीमा सवार महिलाले लुटेको भन्दै जाहेरी दिएका थिए । 

चोरीमा संलग्नको खोजतलास गर्ने क्रममा प्रहरीले गत शुक्रबार उषालाई बालाजु माछापोखरीबाट नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनले उक्त सिक्री रामहरिमार्फत् हरिशंकरलाई बेचेको खुल्न आएको प्रहरीले जनाएको छ ।
 
त्यसपछि रामहरि र हरिशंकरलाई पनि प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट २३.२३ ग्रामको एक थान सुनको सिक्री बरामद भएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासबन्धी कसुरमा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू