गोदावरीका मेयर महर्जन निलम्बित,लाग्यो भ्रष्टाचार काण्ड

गोदावरीका मेयर महर्जन निलम्बित,लाग्यो भ्रष्टाचार काण्ड
सुन्नुहोस्

ललितपुरकाे गाेदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले अहिले विशेष अदालतमा मुद्दा दर्ता गर्दै छ।

अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेकाे र त्यसकाे कूल बिगाे एक अर्बमाथि रहेको बुझिएको छ ।

मेयर महर्जनमाथि ढुङ्गा गिट्टी निकासीमा न्यून राजश्व निर्धारण गरेर एक अर्ब बढीको राजश्व घोटाला गरेको आरोप लगाइएको छ । त्यस्तै सरकारी जग्गा व्यापारिक लाभको कम्पनीलाई दिएको र राजस्व खातामै जम्मा भइसकेको रकम फिर्ता गरेको अभियोगको भने अझै छानबिन बाँकी रहेको बताइएको छ ।

को-को मुछिए गोदावरी काण्डमा ? 

मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु बिश्वराज मरासिनी, कृष्णप्रसाद जैसी,प्रविन कोइराला र वीरेन्द्रदेव भारती, राजस्व समितिको सदस्य सचिव यमलाल बेलवासे, राजस्व शाखा प्रमुखहरु श्रीराम आचार्य र श्रीकण्ठ घिमिरे,माली निर्माण सेवाको प्रकाश माली,कर्मा कन्स्ट्रक्सनका रवि महर्जन,सप्तपथ कन्स्ट्रक्सनका मदन केसीलगायत १४ जना छन् । निराकार रोडा ढुङ्गा उद्योगका सञ्चालक मधुसुदन डोटेल, मच्छिन्द्रनाथ मल्टिपर्पोजका सञ्चालक केदारनाथ तिमल्सिना, सजिलो रोडा ढुङ्गा उद्योगका सञ्चालक शशीराज शाही, वीरेन्द्र महर्जनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

टिप्पणीहरू