पोखरेल पहिले समाजवादी, अहिले एमाले मकवानपुर अध्यक्ष

पोखरेल पहिले समाजवादी, अहिले एमाले मकवानपुर अध्यक्ष
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका श्रीधर पोखरेल एमाले मकवानपुरको अध्यक्ष बनेका छन् । एमाले मकवानपुरको १२ औं अधिवेशनमा अन्य तीन जना प्रत्यासीलाई पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । उनले ३ सय १३ मत प्राप्त गरेकामा निकटतम् प्रतिद्वन्दी ईन्द्रमान स्याङतानले ५१ मत कम ल्याएका हुन् । 

स्याङ्तानले दुई सय ६२ मत र अध्यक्ष पदका अर्का उम्मेदवारहरु लालबहादुर थापा र देवराज रिमालले क्रमशः एक सय ६६ र ११ मत प्राप्त गरेको बताइएको छ । पोखरेलले २०७९ को स्थानीय तह निर्वाचनअघि एकीकृत समाजवादीको जिल्ला अध्यक्ष त्यागेका थिए । 

उपाध्यक्षमा चार सय बढी मत प्राप्त गरेर हिदम लामा निर्वाचित भएका छन् । उनी यसअघि उपसचिव थिए भने भीमफेदी गाउँपालिकाको दोश्रो कार्यकालका लागि अध्यक्षसमेत छन् । 

उपाध्यक्षका अर्का उम्मेदवार भरत दुलालले ३८ र सुनिल मोक्तानले एक सय ९७ तथा ध्रुवप्रसाद चौलागाईँले २६ मत प्राप्त गरेको जानकारी दिइएको छ ।

सचिवमा दुई सय ९७ मतसहित सीता विष्ट निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवार मदनकुमार दाहालले दुई सय ५५ र राजन थापाले एक सय ७१ मत प्राप्त गरेका हुन् । उपसचिवमा दुई सय ४१ मतसहित फूर्वा दोर्जे लामा र उ

टिप्पणीहरू