विनोद चौधरीका छोराको उजुरी, अख्तियारको पुर्जी

विनोद चौधरीका छोराको उजुरी, अख्तियारको पुर्जी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक तथा चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्णलाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । आयोगले पटक पटक पत्र पठाउँदा र फोन सम्पर्क गर्दा पनि कर्ण उपस्थित नभएपछि आज सार्वजनिक सूचना निकालेको बताइएको छ । 

कर्णले बैंक सञ्चालक समिति सदस्य हुँदा विनोद चौधरीका जेठा छोरा निर्वाणसँग ३० हजार डलर घुस मागेको उजुरीमाथि आयोगले छानबिन गरिरहेको जनाएको छ । दुई वर्षअघि कर्णले चौधरीका केन्द्रीय बैंकमा अड्किएका विदेशी मुद्रासम्बन्धी फाइलको गाँठो फुकाइदिने वाचाका साथ घुस मागेको तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यक्रममा बताएका थिए । मन्त्रीले उक्त भनाइ राखेको बेलुकी नै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको थियो ।

उनको मातापिताको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना खुलाएर जारी गरिएको सूचनापछि पनि ३० दिनभित्र सम्पर्क राख्न नगएमा कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।

टिप्पणीहरू