भारतीय चुनावमा मोदी नेतृत्वको गठबन्धनलाई विपक्षीको कडा टक्कर
भारतीय लोकसभा निर्वाचनको मतगणना चलिरहेको छ । मतगणनाको प्रारम्भिक रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिएको छ ।
आजतकका अनुसार अहिलेसम्म भाजपा नेतृत्वको एनडीएले २८७ सिटमा अग्रता लिएको छ । कंग्रेस (आइ) नेतृत्वको ईन्डिया गठबन्धन २२४ सिटमा अगाडि छ । त्यस्तै, अन्य क्षेत्रीय दलहरुको २९ स्थानमा अग्रता छ ।
५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । मोदी नेतृत्वको गठबन्धनले अहिले अग्रता अन्तिमसम्म कायम राखे बहुमत पुग्ने देखिछ । तर, विपक्षी गठबन्धनले कडा टक्कर दिइरहेकाले परिणाम तल-माथि हुनसक्ने सम्भवना छ ।
सात चरणमा भएको लोकसभा निर्वाचनको अन्तिम मतदान जुन १ मा भएको थियो ।
टिप्पणीहरू