नक्कली सर्टिफिकेट देखाएर शिक्षकमा नियुक्ति, अवकाशपछि मुद्दा

नक्कली सर्टिफिकेट देखाएर शिक्षकमा नियुक्ति, अवकाशपछि मुद्दा

दाङको गलटाकुरीस्थित श्री प्राथमिक विद्यालयका तत्कालिन शिक्षक भिमकुमार डिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । 

उनले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी शिक्षकमा नियुक्ति लिएको अख्तियारको आरोप छ । अख्तियारका अनुसार २०५० असोज १ गते सेवामा प्रवेश गरेका उनले प्रावि द्धितीय श्रेणीबाट अनिवार्य अवकाश लिएको पाइएको छ । 

डिसीले नक्कली प्रमाणपत्र पेश गरी सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको उल्लेख गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू