अनुसन्धान गर्ने अधिकारी नै बाल यौन दुर्व्यवहारको अपराधमा

अनुसन्धान गर्ने अधिकारी नै बाल यौन दुर्व्यवहारको अपराधमा

बाल यौन दुर्व्यवहारको आरोपमा एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले समातेको हो । उनलाई छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । 

‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । अहिले छानबिन भइरहेको छ । उहाँ प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा हुनुहुन्छ’

हाल शिवाकोटी प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा रहेको उनले जानकारी दिए । ‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । अहिले छानबिन भइरहेको छ । उहाँ प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा हुनुहुन्छ’, उनले भने । 

शिवाकोटीमाथि आफ्नो घरमा काम गर्न बसेकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ ।

टिप्पणीहरू