शान्ति सेनाबाट फर्केका अमल्दारले श्रीमती अर्कैसँग रंगेहात भेटेपछि.....

शान्ति सेनाबाट फर्केका अमल्दारले श्रीमती अर्कैसँग रंगेहात भेटेपछि.....

नेपाली सेनाका एक अमल्दार कर्तव्य ज्यानसम्बन्धी कसुरमा समातिएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–६ स्थायी ठेगाना भई बारास्थित ज्वालादल गणमा कार्यरत ३६ वर्षीय सालिकराम बुढाथोकी व्यक्ति हत्याको अभियोगमा पक्राउ परेका हुन् । 

उनले आफ्नी श्रीमती ३१ वर्षीया टिका रावतको खुडा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६, राप्ती टोलमा डेरा गरी बस्दै आएका अमल्दार बुढाथोकी हालसालै शान्तिसेनाबाट फर्किएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान घर आएका उनले टिकालाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेका थिए । त्यसपछि उनले दुवैलाई खुडा प्रहार गरेका हुन् । 

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टिकालाई उपचारार्थ राप्ती प्रादेशिक अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । त्यस्तै, टिकाको साथमा फेला पारेका २९ वर्षीय आर्यन थापा गम्भीर घाइते छन् । उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

अछामको कमलबजार नगरपालिका–४, घर भएका थापा पनि तुलसीपुर उपमहानगर–६, राप्ती टोलमै बस्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू