नापी सर्वेक्षकको हातमा घुस ३५ हजार, साथमा स्रोत नखुलेको ५० हजार

नापी सर्वेक्षकको हातमा घुस ३५ हजार, साथमा स्रोत नखुलेको ५० हजार

नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाटको प्रयोजनमा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई कार्यालय नजिकैबाट सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको हो । उनको साथबाट स्रोत नखुलेको ५० हजार रुपैयाँ पनि बरामद गरिएको जानकारी दिइएको छ । अख्तियारका अनुसार गुप्तामाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू