राजधानीमा नक्कली नोटको बिगबिगी, महिलाहरुको संलग्नता

राजधानीमा नक्कली नोटको बिगबिगी, महिलाहरुको संलग्नता

काठमाडौंको कलंकीमा नक्कली नोटसहित दुई महिला पक्राउ परेका छन् ।  कलंकीकी ४७ वर्षीया तारादेवी डंगोल र नागार्जुनकी ४१ वर्षीया निलिमा श्रेष्ठलाई प्रहरीले पक्रेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको विशेष टोलीले गएराति उनीहरुलाई कलंकीस्थित एक रेस्टुरेन्ट नजिकैबाट नक्कली नोटसहित नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुको साथबाट एक हजार दरका पाँच सय १४ वटा (पाँच लाख १४ हजार रुपैयाँ) नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

टिप्पणीहरू