भारतीय जम्मु कश्मिरमा आतंकवादी आक्रमण, नौ तीर्थयात्रीको मृत्यु

भारतीय जम्मु कश्मिरमा आतंकवादी आक्रमण, नौ तीर्थयात्रीको मृत्यु

भारतको जम्मु कश्मिरमा आज भएको आतंकवादी आक्रमणमा नौ जनाको मृत्यु भएको छ । रायसी शिवखोरी गुमा मन्दिर जाँदै गरेका तीर्थयात्रीहरु सवार बसमा आतंकवादीहरुले गरेको आक्रमणमा ३३ जना घाइते भएका छन् । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार गुडिरहेको बसमा एकाएक गोली प्रहार भएपछि बस चालकले नियन्त्रण गुमाएकाले बस दुर्घटनामा परेको हो । 

उद्धार जारी रहेको बताइएको छ । तर मृतकको सनाखत हुन सकेको छैन । तीर्थयात्रीहरु सबै भारतको उत्तर प्रदेशका हुन् ।

टिप्पणीहरू