मोटरसाइकलमा सवार यात्रुको झोलामा लागुऔषध

मोटरसाइकलमा सवार यात्रुको झोलामा लागुऔषध

चितवनमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । राप्ती नगरपालिका–११ का ३० वर्षीय सरोजकुमार तामाङ र २८ वर्षीय विनोद परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरुलाई रत्ननगर नगरपालिका–१२, मिलीजुली चोकस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीका अनुसार बा.प्र. ०६–००१ प ५४४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमाथि शंका लागेपछि रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सवार विनोदको झोलामा लागूऔषध फेला परेको हो । 

उनीहरुको साथबाट ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक हजार पाँच सय र प्रोमेथाजिन ट्याब्लेट पनि एक हजार पाँच सय बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत चितवनबाट सात दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिएको छ ।

टिप्पणीहरू