कोकिन तस्करको नयाँ जुक्ति काठमाडौं विमानस्थलमा असफल

कोकिन तस्करको नयाँ जुक्ति काठमाडौं विमानस्थलमा असफल

टाँकको रुपमा कोकिन तस्करी गर्न लागेको अभियोगमा दक्षिण अमेरिकी मुलुक बोलिभियाका एक नागरिकलाई  सशस्त्र प्रहरीले पक्रेको छ । आज बिहान दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा काठमाडौं आउँदै गरेकी क्रुज टिकोना लौरालाई कोकिनको दुई हजार वटा टाँकसहित नियन्त्रणमा लिइएको जनाइएको छ ।

भीई ९४१४७ नम्बरको राहदानी वाहक लौराले लगाएको र लगेजमा हालिएका कपडाको टाँकमा कोकिन फेला परेको हो । प्रहरीले एउटा टाँकमा ९० देखि १०० मिलिग्राम कोकिन रहेको दुई हजार थान टाँक बरामद गरेको छ ।

उनलाई भन्सारको वाक थ्रुबाट निस्कने क्रममा क्रममा कोकिनसहित फेला पारेपछि थप अनुसन्धानका लागि प्रहरीको लागुऔषध टोलीलाई बुझाइएको हो ।

टिप्पणीहरू