नयाँ दिल्लीबाट नेपाली र चिनियाँ पक्राउ

नयाँ दिल्लीबाट नेपाली र चिनियाँ पक्राउ

भारतको राजधानी नयाँ दिल्ली नजिकैको नोइडाबाट गिरफ्तार एक जना नेपालीमाथि भारतीय प्रहरीको अनुसन्धान जारी छ । गत बैशाख १० गते स्पेशल टास्क फोर्सले सुनिल खड्का र चिनियाँ नागरिक सु युमिङ्गलाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि नक्कली भारतीय कागजातको आधारमा निकालिएको सिम कार्ड दुरुपयोगमा संलग्न भएको आरोप छ । ती कार्ड उनीहरूले साइबर अपराधमा संलग्नहरुलाई उपलब्ध गराएको भारतीय प्रहरीले दावी गरेको छ ।

खड्काको नेपाल,कम्बोडिया र थाइल्याण्डमा रहेका साइबर अपराधीहरुसँग सम्बन्ध रहेको आशंका गर्दै उनी पनि सक्रिय साइबर अपराधीमध्येका एक भएको प्रहरीले बताएको छ । 

"पिचडी गरिरहेका खड्का सन् २००७ मा व्यवसायको निम्ति थाइल्याण्ड पुगेका थिए । त्यसबखत उनको श्याम अधिकारीसँग भेट भएको थियो । खड्काले त्यसपछि नेपाल हुँदै थाइल्याण्ड,कम्बोडियामा भारतीय सिमकार्ड पठाएको देखिन आएको छ ।"

उनको साथबाट प्रहरीले ३३ वटा सिमकार्ड,दुई वटा मोबाइल फोन,एउटा म्याक बुक र केही शंकास्पद सामग्री फेला पारेको छ । पक्राउअघि उनी कोलकाता हुँदै कम्बोडिया पुगेका थिए । कम्बोडियामा भारतीय साइबर अपराधी समूहका एक जनाले खोलेको कल सेन्टर उद्घाटनमा उनले सहभागिता जनाएको बताइन्छ । 

पिचडी गरिरहेका खड्का सन् २००७ मा व्यवसायको निम्ति थाइल्याण्ड पुगेका थिए । त्यसबखत उनको श्याम अधिकारीसँग भेट भएको थियो । खड्काले त्यसपछि नेपाल हुँदै थाइल्याण्ड,कम्बोडियामा भारतीय सिमकार्ड पठाएको देखिन्छ । मे २८ तारिखको दिन गौतमबुध्द नगरस्थित अदालतमा  पेश गरिएका उनलाई न्यायाधीश अवनिश सक्सेनाले जमानत दिन अस्वीकार गरेका थिए ।

टिप्पणीहरू