राष्ट्रपति पौडेल स्विट्जरल्याण्डपछि जर्मनी भ्रमणमा

राष्ट्रपति पौडेल स्विट्जरल्याण्डपछि जर्मनी भ्रमणमा

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनी पुग्नुभएको छ । उहाँ जेनेभाबाट रोयल डच एयरलान्सको उडानमा नेदरल्याण्ड्स हुँदै बर्लिन पुग्नुभएको बताइएको छ ।

उहाँलाई जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र जर्मनीको राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् । राष्ट्रपतिको भोलि जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।

जर्मनीमा रहेका नेपाली समुदायलाई आज सम्बोधन गर्ने र विभिन्नस्थलको भ्रमण गरेपछि राष्ट्रपति पौडेलको असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू