सबैलाई ३८ करोडको समान बिगो, पौने सात करोडका दरले सजाय दाबी

सबैलाई ३८ करोडको समान बिगो, पौने सात करोडका दरले सजाय दाबी

सुरक्षण मुद्रण केन्द्र, सिंहदरबारको अन्तःशुल्क स्टिकर छपाईमा अनियमितता सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा आरोपित नौ जनालाई समान ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो दाबी गरिएको छ । मुख्यसचिवदेखि स्टिकर छपाई कम्पनीका हाकिम र शाखा अधिकृत सबैलाई छ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँ बराबर सजाय माग गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवम् सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेश कुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उप–महानिर्देशक टंक प्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेश विक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन खरिद विज्ञ शक्ति प्रसाद श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत विष्णु प्रसाद गौतम र प्रिन्ट सेल प्राइभेट लिमिटेडका निर्देशक एवम् सञ्चालक केशव शर्मालाई आयोगले समान बिगो र सजाय दाबी गरेको छ ।

उनीहरु सबैलाई पदीय मर्यादा र दायित्वबमोजिमको कार्य नगरेको जनाउँदै अख्तियारले आज अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

टिप्पणीहरू