बिशेष सम्मेलनमा कति आए पाहुना, दोभाषे र सुरक्षाकर्मी ?

बिशेष सम्मेलनमा कति आए पाहुना, दोभाषे र सुरक्षाकर्मी ?

इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनको थर्ड आइडिए २१ बैठक पर्सिदेखि काठमाडौंमा शुरु हुँदै छ । शुक्रबारसम्म चल्ने बैठकमा भाग लिन आयोजक संस्था,विश्व बैंकका अधिकारीहरुसँगै विभिन्न मुलुकका प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको छ ।

आज बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२६ मा विश्व बैंकका उपाध्यक्ष अकिहिको निसिओ इस्तानबुल हुँदै काठमाडौं आइपुगेका छन् । हिजो राति ११ बजे क्याथे प्यासिफिकको उडानमा हङकङबाट विश्व बैंकका वित्त तथा आर्थिक व्यवस्थापक जोन डास्मासिङ सलोङसहित दुई जनाको टोली काठमाडौं आएको थियो ।

इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन विश्व बैंकको एउटा अभिन्न अंग हो । यसले अति न्यून आय भएका मुलुकलाई सहयोग गर्दै आएको छ । एसोसिएसनको बैठकमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सहभागी हुँदै छन् ।

१७७ जना विदेशी सहभागी हुने बैठकमा विश्व बैंकका ६३ जना उच्च अधिकारीहरुले भाग लिँदै छन् । अमेरिकाबाट दुई जना,बेलायतबाट तीन जना,अष्ट्रेलियाबाट चार र चीनबाट तीन जना सहभागी हुने कार्यक्रम छ । त्यस्तै जर्मनीका तीन जना र फ्रान्सबाट पनि तीन जना नै आउन लागेका छन् । 

डेनमार्कको दुई जना,ब्राजिलबाट दुई जना,अष्ट्रियाबाट तीन र बंगलादेशबाट दुई जनाको सहभागिता निश्चित भएको छ । जापानबाट तीन, कोरियाबाट छ, इटालीबाट चार, नेदरल्याण्डबाट चार जना प्रतिनिधि सहभागी हुँदैछन् । 

प्राप्त विवरणअनुसार नर्वेबाट दुई, पाकिस्तानका एक,सिंगापुरबाट एक, नेदरल्याण्डका चार र नाइजेरियाबाट तीन जना सरकारी अधिकारीहरु काठमाडौं आउन लागेका छन् । ५३ भन्दा बढी मुलुकका अधिकारीहरुले भाग लिने कार्यक्रमका निम्ति आयोजकले तीन जना अन्तर्राष्ट्रिय भाषा अनुवादक र दुई जना सुरक्षाकर्मीलाई पनि नेपाल ल्याउन लागेको बताइन्छ ।

टिप्पणीहरू