'छोटे राजाहरुको आंतक बन्द गर’ भन्दै कवाड व्यवसायी सडकमा

'छोटे राजाहरुको आंतक बन्द गर’ भन्दै कवाड व्यवसायी सडकमा

काठमाडौँ महानगरविरुद्ध लामो समयदेखि संघर्षरत कवाड व्यवसायीहरु आज पनि सडकमा ओर्लिएका छन् । 

व्यवसायीमाथि दमन गरिएको भन्दै उनीहरुले र्यालीसहित माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । कवाड व्यवसायी संघका अध्यक्ष संजय साहको नेतृत्वमा झण्डै पाँच सय जना सहभागी छन् । 

'छोटे राजाहरुको आंतक बन्द गरौं, 'कवाड व्यवसायीहरुको रक्षा गरौं’ लेखिएको ब्यानर बोकेका प्रदर्शनकारीहरुले काठमाडौँ महानगरविरुद्ध चर्को नाराबाजीसमेत गरे । उनीहरुले ‘कवाडीमाथि डोजर आंतक बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, ‘कानूनी शासन लागू गर’ लेखिएका प्लेकार्ड देखाएका छन् । 

र्‍याली माइतीघरबाट बानेश्वरको लागि अगाडि बढदै गर्दा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि केही समय रोकिए पनि अहिले भने शान्तिपूर्ण रुपमा प्रदर्शन भैरहेको छ ।

टिप्पणीहरू